× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८ प्रतिशत

    ३ वर्ष पहिले

    चैत्र-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७९ हजार १०० पुगेको छ ।

    २४ घण्टामा ४ हजार ६ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २३ लाख २ हजार १ सय ७३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ७९ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७३ हजार ६ सय ८ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु भएको संख्या शुन्य रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५४ जना छन् भने क्वारेन्टिनमा ७७ जना छन् ।