× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    वातावरण सुधारको माग राख्दै मुग्लिनका युवाहरुद्वारा शान्तिपुर्ण र्याली

    ३ वर्ष पहिले

    चैत्र-२९, मुग्लिन । देशमा बढ्दो वायु प्रदूषणको को सुधारको माग राख्दै चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनका युवाहरुले जलवायु न्यायका लागि संघर्ष भन्दै शान्तिपूर्ण र्यालीको आयोजना गरेको छ ।

    पछिल्लो समय देशभर वायु प्रदुषण उच्च भई वातावरण अत्यन्त घातक अवस्थामा पुगेको छ । प्रकृतिमाथि मान्छेको नियन्त्रण नभएपनि देशभर फैलिएको डढेलो तथा धुवाँधलो न्यूनिकरण गर्नको लागि युवाहरुले केन्द्र, प्रदेश र स्थानीय सरकारसँग माग गरेको छ ।

    शनिबार स्वतस्फूर्त रुपमा मुग्लिनका युवाहरूले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकि शान्तिपूर्ण रुपमा वायु प्रदूषण विरुद्धमा नारा लगाउँदै बजार परिक्रमा गरिएको हो ।

    उनीहरुले जलवायु न्यायका लागि संघर्ष भन्दै ‘स्वच्छ हावा हाम्रो अधिकार’ ‘डढेलो बन्द गर’ ‘तिम्रो बोसो जलाउ तर जंगल होइन’ लगायतका प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका हुन् ।

    बजार परिक्रमा पश्चात र्याली कोणसभामा परिणत भएको थियो । कोणसभामा कार्यक्रमका अभियान्ता आकाश शेरचनले सो कार्यक्रममा मुग्लिन तथा कुरिनटारबाट उपस्थित हुने सम्पूर्ण युवाहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।