× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३३७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.९ प्रतिशत

    ३ वर्ष पहिले

    चैत्र-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ ।

    २४ घण्टामा ३ हजार १ सय २५ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २३ लाख ९ हजार ७ सय ७७ जनाको पिसिआर भएको जनाईएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ६ सय ९० जनाको एन्टिजन विधिबाट परीक्षण भएको छ । जसमध्ये ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ६१ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ५ सय ६७ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ९४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ सय ५१ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७३ हजार ८ सय ८६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ८४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८९ जना र भेन्टिलेटरमा १५ जनाको उपचार भईरहेको छ ।