× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सभासद कृष्णभक्त पोखरेलद्वारा इच्छाकामना-६ मा विद्युत लाईन उद्घाटन

    ३ वर्ष पहिले

    वैशाख-४, प्रतिनिधि सभा सदस्य माननीय कृष्णभक्त पोख्रेलले आज चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा छ वटा बल्ब जडान गरिएको स्विच अन गरी विद्युतको औपचारिक उद्घाटन गर्नुभएको छ ।

    बिजुली बलेसँगै इच्छाकामना गाउँपालिका वडा नम्बर ६ का तुन्तेस, ढाला, स्वरबेसना र ढुङ्ग्रेका १५० घरधुरी उज्यालो भएका छन् भने मिटर वितरण प्रक्रिया पश्चात थप १५० घरधुरीमा बत्ती बल्ने मर्स्याङ्दी बहुदेश्यीय सहकारी संस्था मुग्लिनका कार्यालय प्रमुख कुमार श्रेष्ठले बताउनुभयो ।

    सो उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माननीय कृष्णभक्त पोख्रेलले आँफुले गाउँलाई उज्यालो बनाउने मेहेनत खेर नगएको जनाउनुभयो । विभिन्न बाधाका बीच पनि काम सम्पन्न भएकोमा विद्युत प्राधिकरण ठेकेदार र विद्युत सामुदायिक संस्था मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थालाई धन्यवाद दिनुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामना गाउँपालिका लाई उज्यालो बनाउने आफ्नो अभियान पुरा हुँदै गएको जनाउनुभयो ।

    त्यसैगरी अर्का विशिष्ट अतिथि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव सिंहले विद्युत प्राधिकरण र सामुदायिक संस्थाको यो एउटा उदाहरणिय कार्य भएको जनाउनु भएको छ ‌।

    सो कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सदस्य कृष्ण गुरुङ, नेकपा एमाले इच्छाकामना गा.पा.का अध्यक्ष कृष्ण सिलवाल, नेपाली कांग्रेस ईच्छाकामना गापा का सचिव तुलबहादुर गुरुङ र नेकपा-माओवादीका गाउँपालिका ईन्चार्ज प्रताप गुरुङले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्था मुग्लिनका अध्यक्ष तेजबहादुर शेरचनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेकपा एमाले इच्छाकामनामा गाउँपालिकाका ईन्चार्ज दान बहादुर गुरुङले स्वागत मन्तब्य दिनुभएको थियो भने संस्थाका सचिव खुम प्रसाद पन्तले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    नेपाल सरकारको सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत सो इच्छाकामना गाउँपालिकामा विद्युत सम्बन्धी सेवा प्रवाह गर्ने कार्य मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्था मुग्लिन ले गर्दै आएको छ ।