× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १२८१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९६.४ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ८१ जनाले संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।

    २४ घण्टामा ७ हजार १ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २३ लाख ५२ हजार ५ सय २ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ सय ४७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५४ जना र पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार २ सय २७ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ६ सय ६७ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ सय ८७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ५५ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९६.४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ४८ जना र भेन्टिलेटरमा ४३ जनाको उपचार भईरहेको छ ।