× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भारतबाट फर्किएका पूर्व राजा–रानीलाई कोरोना संक्रमण

    ३ वर्ष पहिले

    वैशाख-७, भारतबाट फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाह र उनीकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    भारतको हरिद्वारमा जारी कुम्भ मेलामा सहभागी भएर फर्किएका पूर्व राजा शाह दम्पत्तिलाई कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आइतबार नेपाल आउनुघि शाह दम्पत्तिले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट गरेका थिए ।

    आदित्यनाथ पनि कोरोना संक्रमणका कारण अहिले गम्भीर बनेका छन् । आइतबार नेपाल आएका पूर्व राजा शाहको स्वागतका लागि त्रिभुवन विमानस्थलमा सैयौंको भीड थियो । मन्त्रालयले अहिले शाहको नजिक भएकाहरुलाई कन्ट्रयाक ट्रेसिङ सुरु गरेको छ ।