× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९५.९ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जनाले संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ ।

    २४ घण्टामा ८ हजार ८५ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २३ लाख ६० हजार ५ सय ५७ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७९ जना र पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ६ सय ६७ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६ सय ५९ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ९ सय ७४ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ सय ८५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ५१ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७५ हजार ८ सय ६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९५.९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ९२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ६० जना र भेन्टिलेटरमा ४५ जनाको उपचार भईरहेको छ ।