× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मनकामना मन्दिर बैशाख महिना भरी बन्द हुने

    ३ वर्ष पहिले

    वैशाख-७, गोरखा जिल्लाको प्रसिद्ध मनकामना मन्दिर वैशाख महिनाभर बन्द हुने भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार सूचना प्रकाशित गरी मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर लगायत जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने जनाएको छ ।

    ‘कोभिड १९ विपद व्यवस्थापन समितिको आजको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्य पूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा बैशाख मसान्तसम्म बन्द गर्ने निणर्य भएको छ’, प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले भने, ‘नित्य पूजाआजामा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निणर्य भएको छ ।’

    कोभिड १९ विपद व्यवस्थापन समिति गोरखाले महोत्सव, जात्रा, पर्व, बिबाह, ब्रतवन्ध, पास्नी, धार्मिक अनुष्ठान, मलामीमा पनि २५ जनाभन्दा धेरै सहभागी गराउन नपाइने र पार्टी प्यालेसको प्रयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने निणर्य गरेको छ ।

    साथै बैठकले सवारी साधनमा मास्क अनिबार्य लगाउनु पर्ने, सिट क्षमताभन्दा बढि यात्रु राख्न नपाइने, सवारीसाधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने निणर्य गरेको छ । होटल, रेष्टुरेण्ट पनि दैनिक निसंक्रमित गर्नुपर्ने, मास्क नलगाई प्रवेश गर्न नपाइने लगायतका निणर्य गरेको छ ।