× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २३५१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९५.३ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५१ जनाले संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ८९ हजार ९ सय १८ पुगेको छ ।

    २४ घण्टामा ८ हजार ८ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २३ लाख ६९ हजार ४ सय ४१ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ८ सय ३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ३१ जना र पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार २ सय ३० मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ९ हजार ७ सय ४६ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ सय ३६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ८७ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७६ हजार ९३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९५.३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १२ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ८६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ८० जना र भेन्टिलेटरमा ४७ जनाको उपचार भईरहेको छ ।