× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २४२८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९४.६ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनाले संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ ।

    २४ घण्टामा १० हजार १ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २३ लाख ७९ हजार ४ सय २ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ सय ४७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६३ जना र पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ३ सय ६५ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ११ हजार ६ सय ७५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ५२ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९४.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १७ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ८१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ७० जना र भेन्टिलेटरमा ५९ जनाको उपचार भईरहेको छ ।