× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २५५९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९३.९ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख- १०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनाले संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ ।

    २४ घण्टामा ८ हजार ७ सय ९८ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २३ लाख ८८ हजार २ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ८ सय ६६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय १० जना र पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ४ सय ४९ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय २४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १३ हजार ५ सय ७८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १सय ४६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ४ सय १० जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९३.९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २२ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ७३ जना र भेन्टिलेटरमा ५७ जनाको उपचार भईरहेको छ ।