× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    नेपालद्वारा त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि माथि कब्जा

    ३ वर्ष पहिले

    बैशाख -११, त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको छ ।

    टियुको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिलो ब्याटिङ गरेर २३९ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । त्यसको प्रतिउत्तरमा नेदरल्यान्ड्सले १७ ओभरमा सबै विकेट गुमाएर मात्र ९७ रन बनाउन सक्यो र १४२ रनको फराकिलो हार व्यहोर्नुपर्यो ।

    यो जितसँगै नेपालले नेदरल्याण्डसँग लिग चरणमा भएको हारको बदला लिनका साथै त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि पनि कब्जा गर्न सफल भयो ।