× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २६१८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९३.३ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख- ११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६ सय १८ जनाले संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

    २४ घण्टामा ८ हजार ६सय ६८ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २३ लाख ९५ हजार ७ सय २५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार १ सय ४३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ३३ जना र पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ४ सय ८६ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय २८ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १५ हजार ५ सय १२ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ३ सय १६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३ सय ६८ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९३.३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय १३ जना र भेन्टिलेटरमा ६९ जनाको उपचार भईरहेको छ ।