४ वर्ष पहिले
बैशाख- १२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय २२ जनाले संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ३ लाख २ सय ९ जना पुगेको छ ।
२४ घण्टामा ९ हजार २ सय ९२ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २४ लाख ५ हजार १७ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ८ सय ८६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९० जना र पिसिआर विधिबाट परीक्षण गर्दा ३ हजार ३२ मा कोरोना पोजेटिभ देखिएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १७ हजार ७ सय ८८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ५ सय ९४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ५० जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९२.५ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ ।
हाल क्वारेन्टिनमा ६९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ५२ जना र भेन्टिलेटरमा ६५ जनाको उपचार भईरहेको छ ।