× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बन्द अवज्ञा गर्ने निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपल पक्राउ

    ३ वर्ष पहिले

    बैशाख-१३, सप्तरीमा विद्यालय बन्द गर्ने सरकारको निर्णयलाई अवज्ञा गर्ने ११ निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपल पक्राउ परेका छन् ।

    कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) तथा जिल्लाका डिएमसीसीको वैशाख १० गतेदेखि विद्यालय बन्द गर्ने निर्णयलाई अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेका कारण उनीहरु पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा शिब्स बोर्डिङ्ग स्कुलका सञ्चालक बिष्णुपुर गाउँपालिका–६ निवासी नरेशप्रताप साह, राजविराज–२ स्थित लिटिल फ्लावर सेकेन्ड्री स्कुलका सञ्चालक डा। कामानन्द देव, एञ्जल बोर्डिङ्ग स्कुलका सञ्चालक नरेन्द्रप्रसाद देव, पिस जोन स्कुलका सञ्चालक राजविराज–२ का उमाकान्त साह, राजविराज–१ स्थित सृजना सेकेन्ड्री बोर्डिङ्ग स्कुलका सञ्चालक रिमा झा रहेका छन् ।

    त्यस्तै ग्रिन ईङ्ंगलिस बोर्डिङ्ग स्कुलका शिक्षक राजविराज–१ का मनोज यादव, राजविराज–३ स्थित ह्यापील्याण्ड माबिका अनुशासन प्रमुख राजबिराज–५ का शैलेन्द्रकुमार ठाकुर, जानकी सेकेन्ड्री स्कुलका शिक्षक हरीकिसुन राम तथा राजबिराज– ८ स्थित लक्ष्मी ईङ्गलिस बोर्डिङ्ग स्कुलका सञ्चालकहरु राजेशकुमार यादव, बैधनाथ कुमार झा र बुलन्द साह पनि पक्राउ परेका छन् ।

    उनीहरूमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।