× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३५५६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९१.५ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख- १३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जनाले संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ३ लाख ३ हजार ५ सय ६१ जना पुगेको छ ।

    २४ घण्टामा १२ हजार ४ सय जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २४ लाख १७ हजार ४ सय १७ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ८ सय ९३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय १४ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ३ हजार ४ सय ४२ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २० हजार ५ सय ३५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ८ सय ९९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३ सय ७८ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९१.५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ६५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ६८ जना र भेन्टिलेटरमा ७८ जनाको उपचार भईरहेको छ ।