× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनबाट सगरमाथा आरोहण गर्न गएका कुमार गुरुङ लगायत अन्य चार आरोहीलाई कोरोना संक्रमण

    ३ वर्ष पहिले

    बैशाख -१४, “सिराइचुली देखि सगरमाथा सम्म” भन्ने मूल नाराका साथ चितवनको पर्यटन प्रवद्धन गर्ने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न गएका मुग्निलका आरोही कुमार गुरुङ लगायत अन्य चार आरोहीलाई पनि कोरोना संक्रमण भएको छ ।

    सगरमाथा आरोहणको क्रममा क्याम्प टु मा पुगेपछि स्वास्थ्यमा केही असजिलो महसुस भएपछि आरोहणलाई बिचमा नै छोडेर बेस क्याम देखी करिब डेढ घण्टामा हेलिकप्टरबाट काठमाडौसम्म ल्याईयका थिए।

    त्रिभुवन विमानस्थलबाट सिधै इरा हेल्थ सेन्टर सोह्रखुट्टे आई स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

    आरोही कुमार गुरुङ सँगै स्वास्थ्य अवस्था बिग्रेर फर्केका अन्य चार आरोहीको पनि स्वाब परीक्षण गर्दा सबैमा कोरोना पोजेटिभ देखिएको हो ।

    आरोही कुमार गुरुङले बेस क्याम सम्म घुम्न आउने भारतीय पर्यटकहरूको अत्याधिक भीड भएको हुँदा भारतीय पर्यटकहरुबाट नै कोरोना फैलिएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

    उनका अनुसार सगरमाथा आरोहणमा गएका कैयौ भरिया शेर्पाहरूको पनि स्वास्थ्य अवस्था बिग्रिएको हुँदा अन्य आरोही एवं भरियाहरुमा पनि कोरोना संक्रमण फैलियकाे हुन सक्ने जनाएको छ ।

    आरोही गुरुङको अहिले सोही हेल्थ सेन्टरमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था पनि सामान्य नै रहेको छ