× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन जिल्लामा भोलीबाट ३१ गतेसम्म निषेधाज्ञा

    ३ वर्ष पहिले

    बैशाख-१५, चितवन जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भोली राति १२ बजे देखि ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको छ ।

    आज बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीएमसी) चितवनको बैठकले बैैशाख १६ गते (भोली) रातीदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । भोली राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्मका लागि यो निर्णय लागु हुनेछ ।

    चितवनमा कोरोना (कोभिड १९) संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । उहांले जिल्लामा कोरोना संक्रमणको अवस्था हेरेर थप निर्णयहरु गरिने बताउनुभयो ।