× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनाका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि

    ३ वर्ष पहिले

    बैशाख-१८, चितवनको इच्छाकामना गाउँपालिकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज, भरतपुरमा बैशाख १७ गते गरिएको परिक्षणमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
    चितवन मेडिकल कलेजमा बैशाख १६ गते गरिएको ३१९ नमुना मध्ये १५८ वटा परिक्षणमा कोभिड १९ पोजेटिभ पुष्टि भएको हो । जसमध्ये ८ जना इच्छाकामना गाउँपालिकाका मात्र रहेका छन् ।

    नयाँ संक्रमितमध्ये इच्छाकामना गाउँपालिका वडा नं ४ का ४ पुरुष र १ महिला गरि जम्मा ५ जना र वडा नं ५ का २ पुरुष र १ महिला गरि जम्मा ३ जना रहेका छन् । सङ्क्रमितहरू २१ देखि ५७ बर्षको उमेर समूह रहेको चितवन मेडिकल कलेजले जनाएको छ ।

    इच्छाकामना गाउँपालिकाका अधिकांश सङ्क्रमितहरू मनकामना दर्शन प्रा.लि. केवलकार चेरेसमा कार्यरत कर्मचारी रहेका छन् । स्मरणिय यो छ कि मनकामना दर्शन प्रा.लि. ले कोरोना संक्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय मापदण्डको सुरक्षा बिधि अपनाउदासम्म केहि कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ भने गाउँपालिका भरि लापरवाही गर्नेको अवस्था झन् जोखिमपुर्ण रहेकाे आकलन गर्न सकिन्छ । हालसम्म मनकामना केवुलकार बाहेक इच्छाकामना गा.पा. भित्रकाे कुनै पनि निकायले स्वाब परीक्षण नगरेकाेसम्म जानकारी प्राप्त भएकाे छ । यस विषयमा सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको छ ।