× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ७२२१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ८४.५ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख- १९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २ सय २१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ३ लाख ३० जना पुगेको छ ।

    २४ घण्टामा १६ हजार ७ सय ७० जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २५ लाख ४ हजार ४ सय ७६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ६ सय २३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७४ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ७ हजार १ सय ३७ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७ सय ७१ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४५ हजार १ सय ८१ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ५ सय ३० रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ८३ हजार ९ सय ९४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ६७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४ सय ७७ जना र भेन्टिलेटरमा १सय ३१ जनाको उपचार भईरहेको छ ।