× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ७४४८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ८३.३ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख- २०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार ४ सय १८ जना पुगेको छ ।

    २४ घण्टामा १६ हजार ६ सय ६५ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २५ लाख २१ हजार १ सय ६४ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ सय १८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६० जना र पिसिआर विधिबाट परीक्षण गर्दा ७ हजार ३ सय ८८ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५० हजार १ सय ७२ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ८ सय ६९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार २१ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८३.३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

    हाल क्वारेन्टिनमा २ सय १२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ७८ जना र भेन्टिलेटरमा १सय ४२ जनाको उपचार भईरहेको छ ।