× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८६५९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ८०.६ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख- २२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ३ लाख ५९ हजार ६ सय १० जना पुगेको छ ।

    २४ घण्टामा २१ हजार ३ सय ७२ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २५ लाख ५८ हजार ५१ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ६ सय १६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५४ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ८ हजार ६ सय ५ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ६१ हजार ५ सय ८८ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ हजार ७ सय ६४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ८९ हजार ७ सय ८३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८०.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ८१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय जना र भेन्टिलेटरमा १ सय ५६ जनाको उपचार भईरहेको छ ।