× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८८५० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७६.७ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ३ लाख ९४ हजार ७ सय ४० जना पुगेको छ ।

    २४ घण्टामा १८ हजार ७ सय ८७ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २६ लाख ३४ हजार ४ सय ७ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ सय ६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७३ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ८ हजार ७ सय ७७ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार १ सय ६० रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ८१ हजार ४ सय ३० रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ३० रहेको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार २२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख २ हजार ७ सय ८७ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७६.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ७ सय १० पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ सय १९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८ सय ३२ जना र भेन्टिलेटरमा २ सय ६७ जनाको उपचार भईरहेको छ ।