× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ९२७१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७६ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७ सय ९४ जना पुगेको छ ।

    २४ घण्टामा १७ हजार ६ सय २३ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २६ लाख ५२ हजार १ सय ३० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ७ सय ७८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ४४ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ९ हजार १ सय २७ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १ सय ४१ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ८६ हजार ४ सय २६ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ७ सय १५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख ६ हजार ७ सय ९४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा तथा नेपाली सेनाले विभिन्न समयमा शव व्यवस्थापन गरेको तथ्यांकको आधारमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३९ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ सय २७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ९ सय १० जना र भेन्टिलेटरमा २ सय ९५ जनाको उपचार भईरहेको छ ।