× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ९४८३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७५.५ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख-२८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ८३ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ४ लाख १३ हजार १ सय ११ जना पुगेको छ ।

    २४ घण्टामा २० हजार ५ सय ९६ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २६ लाख ७२ हजार ७ सय २६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ७ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ६६ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ९ हजार ३ सय १७ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ८ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ८९ हजार ९ सय १४ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ९४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७५.५रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा तथा नेपाली सेनाले विभिन्न समयमा शव व्यवस्थापन गरेको तथ्यांकको आधारमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २५ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ सय ४८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ८४ जना र भेन्टिलेटरमा २ सय ९० जनाको उपचार भईरहेको छ ।