× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ९३०५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७४.९ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ४ लाख २२ हजार ४ सय १६ जना पुगेको छ ।

    २४ घण्टामा २० हजार ३ सय ६२ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २६ लाख ९३ हजार ८८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ सय २४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६७ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ९ हजार २ सय ३८ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६ सय ३४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ९४ हजार ३ सय ४३ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार २ सय ९१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख १६ हजार ४ सय ६३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७४.९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६८ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५ सय १७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार २ सय ४१ जना र भेन्टिलेटरमा २ सय ८५ जनाको उपचार भईरहेको छ ।