× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा एकसाता व्यवसाय बन्द गर्न किराना व्यवसाय सङ्घको आह्वान

    ३ वर्ष पहिले

    बैशाख-३१, किराना व्यवसायी संघ–चितवनले एक साता सम्पूर्ण किराना व्यवसाय बन्द गर्न आह्वान गरेको छ ।

    चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणले व्यवसायीहरु पनि धमाधम संक्रमित हुन थालेको भन्दै आउँदो जेठ २ गतेदेखि ९ गतेसम्म सम्पूर्ण किराना व्यवसाय बन्द गर्न संघले आह्वान गरेको छ ।

    संघका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठद्धारा जारी विज्ञप्तीमा किराना व्यवसायीको सुरक्षामा कसैको ध्यान नगएकाले आफ्नो ज्यान सुरक्षित गर्न आफै सचेत हुने बेला भएकाले एक साताका लागि व्यवसाय बन्द गर्न आह्वान गरिएको उल्लेख छ ।

    संघका अध्यक्ष श्रेष्ठका अनुसार अहिलेसम्म १० जना भन्दा बढी व्यवसायीहरुमा संक्रमण पुष्टि भएको छ ।