× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८५३० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७४.५ प्रतिशत

    ३ वर्ष पहिले

    बैशाख-३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय २० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ४ लाख ३९ हजार ६ सय ५८ जना पुगेको छ ।

    २४ घण्टामा २० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २७ लाख ३३ हजार ५ सय १० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ सय ३० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५३ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ८ हजार ४ सय ६७ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ९८ हजार ८ सय ६९ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ४ सय ६७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७४.५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५ सय १६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ३ सय ३४ जना र भेन्टिलेटरमा ३ सय ७१ जनाको उपचार भईरहेको छ ।