× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८१६७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७४.४ प्रतिशत

    ३ वर्ष पहिले

    जेठ-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार १ सय ६७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ४ लाख ४७ हजार ७ सय ४ जना पुगेको छ ।

    २४ घण्टामा १७ हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २७ लाख ५१ हजार ४ सय ८१ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ सय ७७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय २१ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ८ हजार ४६ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख १ हजार ७ सय ७१ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ६९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७४.४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८७ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ६ सय ७५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ३ सय ३१ जना र भेन्टिलेटरमा ३ सय ७० जनाको उपचार भईरहेको छ ।