× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिङ निबासी हाल अमेरिका बस्ने डा.दीपक भण्डारीबाट मुग्लिङ हाईवे हस्पिटललाई नगद रु ५० हजार सहयोग

    ३ वर्ष पहिले

    जेठ-२, ईच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिङ निबासी हाल अमेरिकाको एटलान्टामा बस्ने डा.दीपक भण्डारीबाट नगद रु ५० हजार मुग्लिङ हाईवे हस्पिटललाई सहयोग गरेको छ ।

    मुग्लिङ हाईवे हस्पिटलले कोभिड बिरामी लक्षित ५० बेडको अक्सिजन सपोर्ट बेड सहितको आईसोलेनस वार्ड संचालन एबं ब्यबस्थापन गर्न तथा असाहय गरिब बर्गका बिरामीहरुलाई निशुल्क उपचार गर्ने उद्धेश्यका साथ सामाजिक संन्जाल फेसबुक मार्फत सहयोगका लागि सार्बजनिक अपिल गरेको थियो ।

    चितवनको मुग्लिङ मूल घर भएर हाल अमेरिकाको एटलान्टामा बस्ने डा.दीपक भण्डारीले सो अपिललाई स्वीकारदै उहाको तर्फबाट उहाकी माता सरस्वती भण्डारीबाट हस्पिटलका अध्यक्ष राम बहादुर लामालाई रु ५० हजारको चेक हस्तान्तरण गर्नु भएको थियो।

    हस्पिटलका अध्यक्ष राम बहादुर लामाले बिदेशमा रहेर पनि आफ्नो जन्मभुमीको जनताको स्वास्थ्यप्रति चिन्तित भएर सहयोग गरेकोप्रति धन्यवाद दिनुभयो । उहाँले यस महामारी बिरुद्धको लडाईमा भएको यस सहयोगले उपचारमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

    सो चेक हस्तान्तरण कार्यक्रममा ईच्छाकामना गापा वडा नं ४ कुरिनटार स्थित लम्साल सपिङ कम्प्लेक्सका प्रोपाईटर अश्विन लम्सालले एक थान हस्पिटल बेड सहयोग स्वरुप हस्तान्तरण गर्नु भएको थियो।

    मुग्लिङ हाईवे हस्पिटलले सामाजिक संन्जाल फेसबुक मार्फत सहयोगका लागि सार्बजनिक अपिल गरेसंगै हस्पिटललाई अन्य सहयोग पनि थपिंदै गएको छ ।

    ईच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिङ निबासी हाल जापान बस्ने श्याम भट्टचन ( घनु भट्टचन ) बाट नगद रु १० हजार ४७ रुपिया हस्पिटललाई सहयोग प्राप्त भएको छ ।

    त्यसैगरि नेपाली कांग्रेस चितवन क्षेत्र नं २ का सभापति भरत लामिछानेले मुग्लिङ हाईवे हस्पिटलको लागि ५ थान ठूलो अक्सिजन सिलिण्डर रिफिलिङ गराई सहयोग गर्नुका साथै हस्पिटललाई १ बर्ष सम्म चाहिने अक्सिजन सिलिण्डरको रिफिलिङको पूर्ण ब्यबस्था मिलाईदिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।