× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गाउँपालिकामा सक्रिय संक्रमितको संख्या २७ पुग्यो

    ३ वर्ष पहिले

    जेठ-३, चितवनको इच्छाकामना गाउँपालिकामा सक्रिय संक्रमितको संख्या २७ पुगेको छ ।

    भरतपुर अस्पतालमा जेठ ३ गते गरिएको परीक्षण मा इच्छाकामना गाउँपालिका वडा नं ७ का १७ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै यस गाउँपालिकामा सक्रिय संक्रमितको संख्या २७ पुगेको छ ।

    हालसम्ममा इच्छाकामना गाउँपालिकामा जम्मा संक्रमितको संख्या ६९ पुगेको छ । जसमध्ये ४० जना निको भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।

    २७ जना सक्रिय संक्रमितमध्ये १८ जना होम आइसोलेसन २ जना सस्थागत आइसोलेसनमा र २ जना अस्पतालको उपचाररत रहेका छन् ।