× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनाका थप ११ जनामा कोरोना पुष्टि

    ३ वर्ष पहिले

    जेठ-४, चितवनको इच्छाकामना गाउँपालिकाका थप ११ जनामा कोरोना पुष्टि भएको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिकाकाका थप ११ जनामा संक्रमण देखिएका हुन्। यो संगै इच्छाकामना गाउँपालिकामा सक्रिय संक्रमितको संख्या ३८ पुगेको छ ।

    हालसम्ममा इच्छाकामना गाउँपालिकामा जम्मा संक्रमितको संख्या ८० पुगेको छ । जसमध्ये ४० जना निको भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।

    ३८ जना सक्रिय संक्रमितमध्ये ३१ जना होम आइसोलेसन ५ जना सस्थागत आइसोलेसनमा र २ जना अस्पतालमा उपचाररत रहेका छन् ।