× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    फेरि लमजुङ केन्द्र बिन्दु भएर ५.३ रेक्टरको भूकम्प गयो

    ३ वर्ष पहिले

    जेठ-५, लमजुङ आसपास केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेट जाँदा भुलभुले आसपास नै केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

    यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ्गको भुलभुले केन्द्रविन्दु ५.८ रेक्टरको भूकम्प गएको थियो ।

    अहिले गएको भूकम्प सोही भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्र ले जनाएको छ । भूकम्पको धक्का चितवन, काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि महशुस भएको छ ।

    लमजुङ्गमा भूकम्पका कारण अहिलेसम्म मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङसहित पाँचजना घाइते भएको तथा १० घरमा क्षति पुगेको खबर छ ।

    बुधबार गएका दुवै भूकम्प २०७२ को वैशाखमा गएको भूकम्पका परकम्प रहेको भूकम्प मापन केन्द्र बताएका छन् । उनले लमजुङ्ग आसपासमा फेरि पनि परकम्प जान सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।