× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८१७३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७५ प्रतिशत

    ३ वर्ष पहिले

    जेठ-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार १ सय ७३ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ४ लाख ८० हजार ५ सय २७ जना पुगेको छ ।

    २४ घण्टामा २१ हजार १ सय ३९ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २८ लाख ३४ हजार ९८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ७ सय ८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ९ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ८ हजार ६४ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ३ सय ५८ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख ६ हजार ९ सय ११ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ४ सय ४७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख ६० हजार ४ सय ३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ४६ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार ६ सय ५७ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ८ सय ५४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ६ सय १८ जना र भेन्टिलेटरमा ३ सय ८१ जनाको उपचार भईरहेको छ ।