× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सर्वोच्च अदालतद्वारा माओवादी त्यागेर एमाले बनेका गैरसांसद मन्त्रीहरुको पुनर्नियुक्ति बदर गर्ने निर्णय

    ३ वर्ष पहिले

    जेठ-६, सर्वोच्च अदालतले माओवादी त्यागेर एमाले बनेका गैरसांसद मन्त्रीहरुको पुनर्नियुक्ति बदर गरेको छ ।

    विहीबार प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासबाट यस्तो आदेश आएको हो ।

    आदेशमा गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भनिएको छ ।

    सर्वोच्चको यो फैसलासँगै गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकूदमन्त्री दावा लामा पदमुक्त भएका छन् ।

    उनीहरु सातैजना माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।