× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८३०५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७५.१ प्रतिशत

    ३ वर्ष पहिले

    जेठ-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ४ लाख ८८ हजार ६ सय ४५ जना पुगेको छ ।

    २४ घण्टामा २१ हजार ६ सय ९५ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २८ लाख ५५ हजार ७ सय ९३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ सय ९२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७८ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ८ हजार २ सय २७ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख ८ हजार ३८ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ८ सय १४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ४३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७५.१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९० जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ९ सय ३२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ७ सय ४८ जना र भेन्टिलेटरमा ४ सय ९२ जनाको उपचार भईरहेको छ ।