× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (५) बमोजिम भोलि साँझसम्म प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

    ३ वर्ष पहिले

    जेठ-६, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्न आज आह्वान गरेकी छिन्।

    प्रधानमन्त्रीले नेपालको संविधानको धारा ७६ उपधारा (४) बमोजिम विश्वासको मत नलिने भनी मार्ग प्रशस्त गरेपछि उपधारा (५) बमोजिम सरकार गठनका लागि आह्वान भएको हो।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्ति निकालेर भोलि शुक्रबार साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिइएको जानकारी गराएका छन्।