× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८६०७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७५.४ प्रतिशत

    ३ वर्ष पहिले

    जेठ-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ४ लाख ९७ हजार ५२ जना पुगेको छ ।

    २४ घण्टामा २२ हजार ३ सय ५३ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २८ लाख ७८ हजार २ सय ४६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ८ सय ७३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय जना र पिसिआर विधिबाट परीक्षण गर्दा ८ हजार ४ सय ७ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १ सय ९२ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख ८ हजार ४ सय ९५ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ६ सय ९७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ९० जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७५.४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७७ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार २४ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ९ सय १२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ७ सय १६ जना र भेन्टिलेटरमा ५ सय ११ जनाको उपचार भईरहेको छ ।