× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ७४२५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७६.६ प्रतिशत

    ३ वर्ष पहिले

    जेठ-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय २५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख २० हजार ४ सय ६१ जना पुगेको छ ।

    २४ घण्टामा १९ हजार ८ सय ४६ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २९ लाख ३६ हजार ४ सय १४ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ६ सय ४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ५ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ७ हजार २ सय २० मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४ सय ४७ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख ८ हजार ७१ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ३ सय ७६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ७ हजार १ सय ३५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ३ लाख ९८ हजार ४ सय ६२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७६.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८५ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३१ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ९ सय २४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ६ सय ९७ जना र भेन्टिलेटरमा ४ सय ६७ जनाको उपचार भईरहेको छ ।