× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सांसद गीता वाग्लेबाट मुग्लिङ हाईवे हस्पिटललाई अक्सिजन सिलिण्डर प्रदान

    ३ वर्ष पहिले

    जेठ-१०, मुग्लिङ। संबिधान सभाका सदस्य एबं बाग्मती प्रदेशका माननीय सांसद गीता वाग्लेले गैर नाफामूलक मुग्लिङ हाईवे हस्पिटललाई ९५ हजार रुपिया बराबरको ५ थान ठूलो अक्सिजन सिलिण्डर र १ थान ट्रली सहयोग गर्नु भएको छ।

    मुग्लिङ हाईवे हस्पिटलले संचालनमा ल्याएको निःशुल्क आईसोलेसन वार्डको लागि संबिधान सभाका सदस्य एबं बाग्मती प्रदेशका माननीय सांसद गीता वाग्लेले आमा खुवाउने औसीको अबसरमा अष्ट्रेलियामा रहेका छोरी रञ्जु वाग्ले थापा र छोरा सुगन्ध थापाले उपहार स्वरुप पठएको रकमबाट स्वास्थ्य सामग्री खरिद गरी हस्पिटलका अध्यक्ष राम बहादुर लामालाई हस्तान्तरण गर्नु भएको हो।

    यसै गरी चितवनको ईच्छाकामना गा.पा. वडा नं ५ मुग्लिङ निबासी यम प्रसाद सिलवालकी छोरी सन्दिपा सिलवालले पनि आफ्नो जन्मदिनको अवसरमा हस्पिटलले संचालनमा ल्याएको निःशुल्क आईसोलेसन वार्डको व्यवस्थापनका लागि दस हजार पाँच रुपिया हस्पिटललाई नगद सहयोग गर्नु भएको छ।

    चितवनको एकमात्र गाउँपालिका–ईच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिङमा स्थित मुग्लिङ हाईवे हस्पिटलले नेपालकै सर्बाधिक ब्यस्त राजमार्ग नौबिसे- मुग्लिङ र मुग्लिङ- नारायणगढ राजमार्गमा दैनिक जसो हुने सडक दुर्घटनाका घाईतेहरुलाई आकस्मिक स्वास्थ्य उपचार प्रदान गर्नुका साथै चितवनको ईच्छाकामना गाउँपालिकाका बासिन्दा र मुग्लिङ वरपर रहेका सीमाबर्ती ईलाकाहरु तनहूँ जिल्लाको आँबुखैरेनी गाउँपालिका, गोरखा जिल्लाको शहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिका र धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाका बासिन्दाहरुलाई समेत नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गरी रहेको कुरा सो हस्पिटलका मेडिकल अफिसर डा. आनन्द प्रसाद आचार्यले जानकारी दिनु भयो।

    हाल सो हस्पिटलले त्रि.वि., टिचिङ हस्पिटलको सहकार्यमा टेलिमेडिसिन बिधिद्धारा बिशेषज्ञ चिकित्सकहरुबाट समेत नियमित परामर्श सेवा दिईरहेको छ।

    कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको लागि डेडिकेटेड ज्वरो क्लिनिकका साथ २४ओैं घण्टा नै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरामीमा रहने गरी १० बेडको निःशुल्क आईसाेलेसन वार्ड समेत तयार गरी कोभिड बिरामीहरुलाई सेवा पुरयाइरहेको छ।

    केहि दिनमै ४० बेड थप गरी आईसोलेसन वार्ड बिस्तार गरीन लागेको कुरा हस्पिटलका अध्यक्ष राम बहादुर लामाले थप जानकारी गराउनु भयो।