× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    लक्ष्मणबाबु ट्रष्टले चितवन र गोरखाका ग्रामीण भेगका ६ संस्थालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्‍यो ।

    ३ वर्ष पहिले

    जेठ १०, मंगलबार। मनकामना दर्शन प्रा.लि. (मनकामना केबुलकार) को कल्याणकारी संस्था लक्ष्मणबाबु मेमोरियल ट्रष्टले चितवन र गोरखाका ६ वटा स्वास्थ्य संस्थालाई आठ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सहयोग सामाग्रीले हाल स्थानीयस्तरमा बढ्दै गएकाे कोभिड-१९ दोस्रो लहरका बिरामीको उपचारमा सघाउ पुग्ने अपेक्षा गरिएको ट्रष्टले जनाएको छ ।

    हाल दाेश्राे भेरियन्ट सहित बढ्दै गएकाे कोरोना संक्रमितको उपचारमा थप सघाउ पुर्रयाउन हेतु चितवनका इच्छाकामना स्वास्थ्य चाैकि, मुग्लिङ हाइवे हस्पिटल लगाएत गाेरखाका मनकामना हेल्थ पोष्ट, घैरुङ अस्थायी कोभिड अस्पताल, बुङकोट हेल्थपोष्ट, माइ मनकामना कोअपरेटिभ अस्पताललाई सहयोग हस्तान्तरण गरिएको हो। कोभिड अस्पताल र आइसोलेसन सेन्टरलाई २/२ वटा र अन्य स्वास्थ्य संस्थालाई एक/एकवटा अक्सिजन कन्सन्ट्रेटर दिइएको लक्ष्मणबाबु मेमोरियल ट्रष्टले जनाएको छ।

    एउटा कन्सन्ट्रेटरले प्रति मिनेट एक देखि सात लिटर अक्सिजन बहन गर्न सक्ने क्षमता रहेको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाेछ।

    कम्पनिकाे तर्फबाट प्रशासन प्रमुख श्री शशी श्रेष्ठले सम्बन्धित स्वास्थ्य संस्था, अस्पताल, आइसोलेसन सेन्टर र स्वास्थ्य चौकीका प्रतिनिधिहरूलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएकाे थियाे ।