× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

    ३ वर्ष पहिले

    जेष्ठ ११, चितवन | प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ इच्छाकामनाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम विरुद्ध नारावाजी गर्दै मंगलबार राति मुग्लिन बजार चोकमा पुत्ला दहन गरेको हो ।

    नेविसंघका इच्छाकामना गाउ कार्य समितिको संयोजक सनम पन्तको नेतृत्वमा भएको विरोध कार्यक्रममा २० जना भन्दा बढीको उपस्थिति रहेको थियो । उनीहरुले राष्ट्रघाति नागरिकता विधयक खारेज गर, प्रतिगामी मुर्दाबाद, विरामीलाई अक्सिजन दे जस्ता नाराहरु लगाएका थिए । असंवैधानिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन गरेको भन्दै सोमबार राति पनि मुग्लिन बजारमा अखिल क्रान्तिकारी इच्छाकामनाले पनि पुत्ला दहन गरेको थियो ।