× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    काङ्ग्रेस नेतृत्वलाई खुल्ला पत्र

    ३ वर्ष पहिले

    श्रीमान सभापति / बरिस्ठ नेता एबम सम्पुर्ण केन्द्रिय पदाधिकारी ज्यु नेपाली काङ्ग्रेस केन्द्रीय कार्यलय सानेपा ललितपुर

    आदरणीय नेता ज्यु ,म एक काङ्ग्रेस को शुभेच्छुक साथै एक साधरण कार्यकर्ता र माओवादी को हिस्रक युद्द मा माओवादी बाट मारिनु भएका गोर्खा काङ्ग्रेस का नेता स्व भैरब राज बिष्ट को छोरा पनि हु । काङ्ग्रेस मा लागेर आफ्नो अभिभावक नै गुमाएको नाताले काङ्ग्रेस को माया लाग्नु स्बभाबिक हो साथसाथै सङठन कमजोर बनेको मा चिन्ता पनि लाग्छ ।

    आदरणीय नेता ज्यु जुन बेला माओवादी ले हिस्रक युद्द गर्यो त्यो समय काङ्ग्रेस हुनु ,काङ्ग्रेस को राजनीति गर्नु ज्यान हत्केलामा राख्नु सरह थियो । माओवादी ले काङ्ग्रेस कमजोर बनाउने लक्ष्य लिएर युद्दको नाटक मन्चन गरेको थियो। एक क्षेत्र को काङ्ग्रेस नेता को हत्या गरे पछि त्यो क्षेत्र मा काङ्ग्रेस कमजोर बनाउने रणनीति बमोजिम नै मेरा बुबा को हत्या भएको थियो। बुबा को हत्या पश्चात् उहाँ को हत्या त्रुटि बस भएको भनेर माओवादी का बरिस्ठ नेता ले नै भनेकाे भन्ने सुनियो अनि लाग्यो ब्यक्ती हत्या जस्तो अपराधिक कार्य त्रुटि भयो भनेर माफी मिल्छ त ? एक लोकतान्त्रिक दल र लोकतान्त्रिक दल का नेता तपाईहरु सँग मेरो यो प्रश्न रहेको छ ? माओवादी को त्यो जघन्य अपराध लाई युद्द भन्ने हो भने युद्द मा बिपरित राजनीतिक आस्था राखेको आधारमा घर मा सुतिरहेका निहत्था ब्यक्ती हत्या गर्न पाईन्छ ? , विश्व को कुन राष्ट्र मा निहत्था ब्यक्ती को हत्या लाई युद्द भनिदो रहेछ पुष्टि गर्न सकिन्छ त ?

    पाटी बाट अपेक्षा

    माओवादी बाट हजारौ काङ्ग्रेस का ,अन्य दल का साथसाथै हजारौ सर्बसाधरण नागरिक पनि मारिए होला कोहि माओवादी पिडित बनेर कमाउने माध्यम नि बनाए , माओवादी पिडित बनेर बिदेश तिर पनि हानिए ,जागिर खाने देखि एनजिओ आईएनजिओ चलाएर पिडित को नाम मा खाने माध्यम पनि बनाए होलान तर सबै माओवादि पिडित बनेर आफ्ना अभिभावक को हत्या लाई , आफ्नो पीडा,आशु लाई नगद मा साट्छ्न भन्ने पनि छैन त्यही नसाट्ने ब्यक्ती हरुको प्रतिनिधि पात्र म पनि रहेको हुदा मलाई रकमी सहयोग ,रोजगार र अन्य सहयोग भन्दा पनि हाम्रा अभिभावक को हत्या गर्ने अपराधी लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम कानुन अनुसार कार्बाही को लागि पहल गरोस् भन्ने अपेक्षा छ। होइन भने यो सत्य निरुपण तथा मेलमिलाप आयोग बन्नु नबन्नु को औचित्य के हो ,अन्तर्राष्ट्रिय समुदाय लाई हामी पिडित लाई न्याय प्रदान गर्न लागेका छौ भनेर ढाट्न मात्र यो आयोग बनाएर यस्को औचित्य के रहन्छ त ? लोकतान्त्रिक दल ले आफ्ना पिडित नेता तथा कार्यकर्तालाई न्याय दिन नलाग्नु कस्तो लोकतान्त्रिक दल र कस्तो लोकतान्त्रिक नेता भनेर बुझ्ने ? त्यसैले म जस्तै हजारौ पिडित जनको अभिभावक को भुमिका निर्बाह गर्न नेपाली काङ्ग्रेस ले पहल गर्नु पर्छ । आफ्ना अभिभावक ले असल काम गरेनन त्रुटि गरे भने छिमेकी बा लाई आफ्ना बुबा भन्न सकिन्न , त्रुटि गरेको भए सच्चाएर अगाडि बढ्न एक असल सन्तान ले आफ्ना अभिभावक लाई घच्घच्याउन छोड्नु हुन्न ,मैले सोही भुमिका निर्बाह गर्दै आएको छु ।

    सुझाव

    काङ्ग्रेस मा धेरै ब्यक्ती हरु माओवादी बाट पिडित छ्न , उक्त पीडा आम पिडित जन को मात्र पीडा होइन समग्र काङ्ग्रेस को पीडा हुन पर्थ्यो तर उक्त पीडा समग्र काङ्ग्रेस को पीडा हुन सकेन । बिगत मा स्थानिय निकाय निर्बाचन मा जस्तै गल्ती गर्ने हो ,आफ्नो उम्मेद्बार को उम्मेद्बारि रद्द गरि माओवादी को मेयर लाई मत हाल्न उर्दि गर्ने जस्तै कार्य गर्ने हो भने काङ्ग्रेस को सङठन बन्ला भन्ने मलाई लाग्दैन । माओवादी को मेयर लाई मत हाल्ने आफ्ना वडाका उम्मेद्बार लाई मत नहाल्ने जमात लाई बेलैमा सचेत गराउन पर्ने देखिन्छ । सिरानी मा कृयाशिल पत्र राखेर आफ्नै उम्मेद्बार लाई मत नदिने लाई कार्बाही गर्नु पर्दछ । मतपत्र च्यात्दा बिज्ञप्ति निकाल्ने ,देखि झन्डा गास्ने सम्मका घृणित काम ले काङ्ग्रेस हुन शिर झुकेको थियो र माओबादी लाई मत दिने काङ्ग्रेस हुनु भन्दा काङ्ग्रेस छोड्न सजिलो भन्ने गरिन्थ्यो र त्यस्तो काङ्ग्रेस बनिएन पनि , अब का दिन पनि बिगत का गल्ती कमजोरी सच्चायर काङ्ग्रेस अगाडि बढ्न जरुरी छ ।सबै अट्ने काङ्ग्रेस सबै लाई जोड्ने काङ्ग्रेस त भनिन्छ तर काङ्ग्रेस मै लागेर आफ्ना अभिभावक गुमाएको म जस्तो साधरण कार्यकर्ता लाई त जोड्न नसक्ने र काङ्ग्रेस मा अट्न नसक्ने हो भने कस लाई जोड्यो होला भनेर बिस्वास गर्ने ? क्षणिक स्वार्थको लागि काङ्ग्रेस मा लागेका लाई जोडेर , कस्तो काङ्ग्रेस बन्ला ? क्षणिक स्वार्थमा लाएर बिचार नमिल्नेहरु सङ तालमेल गर्ने नगरिदिनुस , किन कि स्वार्थको पिरती टिक्दैन , बिचार मिल्ने निस्ठा मिल्ने सङ तालमेल गर्नुस , सङठन निर्माण गर्नुस,संगठन बलियो भए पछि कसैको बैशाखी टेक्न जरुरी पर्दैन , सत्ता स्वार्थको लागि बिचार नमिल्ने, निस्ठा नमिल्ने कसै लाई नबोकिदिनुस तपाईं हरुको गलत कार्य ले ईमान्दार कार्यकर्ताको शिर झुक्नु लज्जास्पद भएन र ?

    आदरणीय नेता ज्यु , बिमानस्थल मा तपाईं लाई फुल माला लिएर स्बागत गर्ने ,चुल्हो चौका घुमेर टिके पद थाप्ने मात्र तपाईं का कार्यकर्ता होइनन ,दुरदराज मा सक्कली कार्यकर्ता छ्न उहाँ हरुको भावना मा कुठाराघात नगरिदिनुस ,तपाईं हरुको गल्ती ले ती साधरण कार्यकर्ता को शिर झुक्दा ती दुरदराज का कार्यकर्ता लाई कति हिनताबोध भयो होला । तपाईं हरु गुट को होइन रुट को काङ्ग्रेस बनाउनुस ,नातापाता ,आसेपासे मात्रै बनाउने हो भने व्यापार बिजिनेस गर्नुस होइन भने काङ्ग्रेस तपाईं को घर ,कार्यकर्ता तपाईं का सन्तान सम्झनुस , प्रतिशत को आधारमा भाग खोज्दै गर्दा पाटि को संगठन बिग्रदा पनि सोही प्रतिशत को आधारमा जिम्मा लिने नैतिक साहस राख्नुस । होइन भने सबै गुट को काङ्ग्रेस छैनन ,हामी गुट बलियो पाटी कमजोर भएको दल को कार्यकर्ता होइन बिना गुट को शशक्त पाटी को सचेत कार्यकर्ता रहन चाहन्छौ ।

    धन्यवाद

    बिजय राज बिष्ट, भरतपुर चितबन