× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ६७२४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७६.९ प्रतिशत

    ३ वर्ष पहिले

    जेठ-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ३५ हजार ५ सय २५ जना पुगेको छ ।

    २४ घण्टामा १९ हजार ३० जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २९ लाख ७७ हजार ६ सय ५० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ सय २२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३७ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ६ हजार ६ सय ७७ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख ८ हजार ६ सय २० रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ४ सय ५७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४ लाख ११ हजार ६ सय ३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७६.९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४५ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ८ सय ५३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ६ सय ७१ जना र भेन्टिलेटरमा ४ सय ३४ जनाको उपचार भईरहेको छ ।