× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन हाइवे हस्पिटलमा गरिएको एन्टिजेन टेष्टमा १ महिलामा कोभिड पोजेटिभ

    ३ वर्ष पहिले


    जेष्ठ १३, चितवन ।
    मुग्लिन हाइवे हस्पिटलमा कोभिडसंग मिल्दो लक्षण देखिएका एक महिलाको एन्टिजेन परिक्षण गर्दा रिपोर्ट पोजेटिभ पाइएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ३ बस्ने ४८ वर्षिय एक महिलामा पोजेटिभ देखिएको मुग्लिन हाइवे हस्पिटलका अध्यक्ष राम बहादुर लामाले बताए । उनकाे अवस्था सामान्य देखिएकोले हाइवे हस्पिटलको चिकित्सकको परामर्शमा रहने गरी होम आइसोलेसनमा बस्ने गरी विरामीलाई घर पठाएको हस्पिटलका मेडिकल अफिसर डा. आनन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।


    यस अस्पतालाले गत जेष्ठ १० गते देखि एन्टिजेन विधिको प्रयोगबाट निशुल्क कोरोना परिक्षण गर्दै आएको छ । हाल सम्म कोभिडसंग मिल्दो लक्षण भएका २३ जना विरामीको निशुल्क परिक्षण गरेको मुग्लिन हाइवे हस्पिटलका सञ्चालक राजेन्द्र लामाले बताउनुभयो । हस्पिटलले कोभिड विरामी राख्नको लागि १० बेड अक्सिजन सिलिण्डर सहितको आइसोलेसन बेड तयार पारेको र सबैको साथ र सहयोग रहेमा यसलाइ थपेर ५० बेड सम्म पुरयाउने लक्ष्य लिएको र यसकाे लागी हस्पिटल सञ्चालक बाेर्ड मेम्बरहरू तदारूकताका साथ लागी परेकाे समेत बताउनु भयो ।


    हस्पिटलले कोभिडकाे लक्षण देखिएका विरामीहरूको चापलाई मध्यनजर गर्दै २ जना मेडिकल अफिसर सहित १२ जना स्वास्थ्यकर्मीले फ्रन्टलाइनमा रहेर सेवा दिदै आएको छ ।