× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ६९३९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७७.२ प्रतिशत

    ३ वर्ष पहिले

    जेठ-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ४२ हजार २ सय ५६ जना पुगेको छ ।

    २४ घण्टामा २० हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै २९ लाख ९८ हजार ६४ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ सय ७८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ८ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ६ हजार ७ सय ३१ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४ सय ७६ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख ८ हजार ६ सय २६ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ८ सय ५० रहेको छ ।

    पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४ लाख १८ हजार ८ सय २९ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७७.२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा १ हजार ९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ६ सय ४५ जना र भेन्टिलेटरमा ४ सय ५७ जनाको उपचार भईरहेको छ ।