× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४४८७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ६०८०

    ३ वर्ष पहिले

    जेठ-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ५३ हजार ४ सय २२ जना पुगेको छ ।

    २४ घण्टामा १४ हजार ६ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै ३० लाख ३१ हजार ३ सय ८३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ सय ७६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १सय ७६ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ४ हजार ३ सय ११ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख ११ हजार ५ सय ९ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ लाख ३ हजार ७ सय रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ८ सय ९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार ८० जना निको भएका छन् । कुल निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७८.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १६ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ८ सय ९१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ६ सय १४ जना र भेन्टिलेटरमा ४ सय ५७ जनाको उपचार भईरहेको छ ।