× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आगामी २ वर्षमा हरेक नागरिकले राष्ट्रिय परिचयपत्र पाउने

    ३ वर्ष पहिले

    जेष्ठ-१५, आगामी २ वर्षमा हरेक नागरिकले राष्ट्रिय परिचयपत्र पाउने भएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसको जानकारी दिएका हुन् । उनले आउँदाे आर्थिक वर्षमा ७० लाखलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिए ।

    राष्ट्रिय परिचयपत्र मूलतः सूचना प्रविधिमा आधारित रहेकाे छ । त्यसमा नागिरकतामा हुने व्यक्तिको जनसांखिक विवरण बाहेक अनुहार (फोटो), दश ओटै औँलाको औंठाछाप, दुई आँखाको आइरिस लगायतको व्यक्तिको जैविक विवरणका साथै विद्युतीय हस्ताक्षरको रुपमा ई–सिग्नेचर समेत राखिनेछ ।

    यस किसिमको राष्ट्रिय परिचयपत्रका आधारमा कुनै पनि निकायले परिचयपत्रका आधारमा अनलाइन तथा अफलाइन दुबै रुपमा व्यक्तिको पहिचान प्रमाणित गर्न सक्नेछ । फिङ्गरप्रिन्ट लगायतका केही विवरण कार्डमै समावेश गर्ने सरकारी योजना छ ।