३ वर्ष पहिले
जेठ-१६, आगामी आर्थिक वर्ष २०७८/७९ को लागि चितवन जिल्लाको लागि सरकारले ४ अर्ब ३० करोड ७ लाख रकम छुट्याएको छ ।
अर्थ मन्त्रालयकाअनुसार आर्थिक बर्ष २०७८/७९ मा भरतपुर महानगरपालिकालाई १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ छुट्टयाइएको छ।
त्यसैगरि नगरपालिकाहरु मध्ये कालिकालाई ४० करोड २१ लाख, खैरहनीलाई ४२ करोड १३ लाख, माडीलाई ४५ करोड ३८ लाख , रत्ननगरलाई ५३ करोड १३ लाख र राप्तीलाई ४८ करोड ९७ लाख रुपैयाँ छुट्टयाइएको छ।
चितवनको एकमात्र गाउँपालिकाका इच्छाकामनालाई ३५ करोड ९७ लाख रुपैयाँ छुट्टयाइएको छ।