× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    तनहुँको कुन पालिकाले सरकारको कति अनुदान पाउँदैछन् ?

    ३ वर्ष पहिले

    जेठ-१६, आगामी आर्थिक वर्ष २०७८/७९ को लागि तनहुँ जिल्लाको लागि सरकारले ४ अर्ब ६ करोड ४६ लाख रकम छुट्याएको छ ।

    अर्थ मन्त्रालयका अनुसार आर्थिक बर्ष २०७८/७९ मा नगरपालिकाहरु मध्ये सबैभन्दा बढि ब्यासलाई ७७ करोड ३० लाख, भानुलाई ५४ करोड २७ लाख, शुक्ला गण्डकीलाई ५३ करोड ९० लाख र सबैभन्दा कम भिमाद नगरपालिकालाई ३८ करोड ९१ लाख रुपैयाँ छुट्टयाइएको छ।

    त्यसैगरि तनहुँको गाउँपालिकाहरु मध्ये सबैभन्दा बढि देवघाटलाई ३२ करोड ८७ लाख रुपैयाँ, आँबुखैरेनीलाई २७ करोड ८५ लाख रुपैयाँ, ऋषिङ्गलाई ३२ करोड ४४ लाख रुपैयाँ, म्याग्देलाई ३२ करोड ३० लाख रुपैयाँ, बन्दिपुर लाई ३० करोड ६६ लाख रुपैयाँ र सबैभन्दा कम घिरिङ गाउँपालिकालाई २५ करोड ९६ लाख रुपैयाँ छुट्टयाइएको छ।